संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा लोम अफिसर तालिम सम्पन्न

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजको आयोजनामा धनकुटा लेडी जेसीज वर्ष २०२१ का कार्यसमितीलाई लो अफिसर तालिम सम्पन्न भएको छ । शनिवार होटल चिप एण्ड बेष्टमा भएको तालिममा २०२१ का बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


धनकुटा लेडी जेसीज बर्ष २०२१ कि अध्यक्ष जेसी बिसिका श्रेष्ठ ज्युको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रिता न्यौपानेको प्रमुख आतिथ्यतामा र मातृशाखा तरहरा जेसीजको बर्ष २०१३ का अध्यक्ष तथा २०१४ का राष्ट्रिय उपाध्यक्ष जीवन पराजुलीको प्रमुख प्रशिश्रणमा सम्पन्न भएको हो ।


कार्यक्रममा मातृशाखाका पुर्व अध्यक्ष भोला काजी बस्नेतले महत्त्वपूर्ण बिषयमा तथा कृष्ण दाहालले पनि तालिम दिनु भएको थियो ।
कार्यक्रममा धनकुटा लेडी जेसीज कि संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ र जेसी सदस्यहरुको सहभागीता रहेको थियो े।


कार्यक्रमको संयोजक तालिम संयोजक शोभा श्रेष्ठले गर्नु भएको थियोे । कार्यक्रम संचालन उपाध्यक्ष सावित्रा राईुले, स्वागत मन्तव्य कोषाध्यक्ष मुना पोख्रेलले र जेसीज आस्था पाठ उपाध्यक्ष रिना श्रेष्ठले गर्नु भएको थियो । स्मरण रहोस रत्ननगर महाधिवेशनबाट पूर्ण स्वीकृत भएको यो शाखाले स्थापनाको छोटो समयमा उत्कृष्ट कार्य सम्पादन गर्दै आएको छ ।