स्वास्थ्य

इलामको सूर्योदयमा स्वास्थ्य शिविर : तीन सय भन्दाबढीले लिए सेवा

इलाम । इलाम जिल्लाको सुर्योदय नगरपालिका–७ स्थित अम्बोटारमा एक दिने बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सूर्योदय नगरपालिका वडा ७ र रोङ गांउपालिकाको आयोजनामा आज भएको एक दिने स्वास्थ्य शिविरको गरिएको हो । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्याक्ट क्लब अफ बिर्तामोडको संयोजन, बिएण्डसी तथा बिर्तामोड आँखा अस्पताल र नेपाल औषधि व्यवसायी संघको प्राविधिक सहयोगमा आयोजित शिविरमा आँखा, क्यान्सर, बालरोग लगायत रोगको परीक्षण गरिएको थियो ।

रोङ गांउपालिका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्य तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा प्रसाद बरालको विशेष आतिथ्यमा भएको स्वास्थ्य शिविरमा तीन सय भन्दाबढी सेवाग्राहीले सेवा लिएका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्याङ्बो र विशेष अतिथि बरालले दुरदराजमा आयोजना गरिएको शिविरले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका नागरिकलाई लाभ पुग्ने धारणा राखेका थिए । बर्षौंदेखि रोगको पहिचानमा समस्या भोगेका नागरिकले शिविरले फाइदा पुगेको भन्दै उनीहरुले खुसी व्यक्त गरे ।

कार्यक्रममा सूर्योदय नगरपालिका–७ का वडाध्यक्ष एलबी राई, पूर्व अध्यक्ष लेखनाथ खड्का, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल लगायतको शुभकामना मनतव्य राखेका थिए ।

कार्यक्रममा कार्यक्रमका संयोजक जगत शर्मा तिवारी, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको बोर्ड मेम्बर गजेन्द्र पौडेल, सिजर राजभण्डारी, नेपाल औषधि व्यवसायी संघ प्रदेश १ का उपाध्यक्ष नरेन्द्र बराल, रोट्याक्ट्र क्लब अफ बिर्तामोड मिडटाउन सचिव भिष्म घिमिरे, बोर्ड मेम्बर सन्देश राउत, बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहाल, बिएण्डसी अस्पातालका भोगेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।