कला

विवादास्पद फिल्म ‘ग्रीन बुक’ले जित्यो ओस्कार अवार्ड

हलिउड नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ। यस चलचित्रमा सन् १९६० को दशकमा अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एक जना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ।

Mandatory Credit: Photo by Rob Latour/REX/Shutterstock (10112915jm) Best Picture – ‘Green Book’ 91st Annual Academy Awards, Show, Los Angeles, USA – 24 Feb 2019

अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र ‘रोमा’ लाई पछि पार्दै ग्रीन बुकलाई ओस्कार प्रदान गरिएको छ। ग्रीन बुकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए। यस चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो।

“यो चलचित्रको पुरै कथावस्तु प्रेमसँग जोडिएको छ। हामीबीच मतान्तर रहे पनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौं भन्ने सत्य उद्घाटित छ। हामी सबै एक हौं,” हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले बताए।

कथामा समेटिएका शर्ले र लीप दुबै असाध्यै मिल्ने साथी थिए, र उनीहरु दुबैको सन् २०१३ मा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.