मेचीनगर् काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रदेशस्तरीय महिला÷पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत बिहिबार भएको फाईनल खेलमा महिला र पुरुष कबड्डी प्रतियोगितामा झापा बिजयी भएको छ ।

फाईनल खेलमा महिला कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ४८—३० पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै बिजयी भएको हो । त्यस्तै पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ७२—४२ पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै बिजयी भएको हो ।

प्रतियोगिता अवधिभरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक महिला एक पुरुष खेलाडीलाई नगद सहित मेडल प्रदान गरीएको थियो ।
जसमा महिला खेलाडी तर्फ सुजता राजवंशी र पुरुष खेलाडी तर्फ धिरज चौधरी रहेका छन् । दुवै झापाका खेलाडी हुन ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा तेस्रो हुने महिला टिम उदयपुर र ईलाम तथा पुरुष टिम सुनसरी र सोलुखुम्बुलाई प्रशिक्षक प्रमुख टार्जन सुब्बा तथा कार्यालय प्रमुख टहलदाश मैनालीले मेडल र प्रमाण पत्र प्रदान गरे थिए । दोस्रो हुने महिला तथा पुरुष मोरङ्ग टिमलाई केन्द्रीय कबड्डी संघका उपाध्यक्ष विरेन यादव र कोषाध्यक्ष अबिन्द झाले मेडल र प्रमाण पत्र प्रदान गरे थिए । त्यसै गरी बिजयी हुने महिला तथा पुरुष टिम झापालाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले मेडल र प्रमाण पत्र प्रदान गरे थिए ।

पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रदेशस्तरीय प्रतियोगितामा १४ जिल्लाबाट एक जिल्ला बराबर १२ पुरुष र १० जना महिला खेलाडीले भाग लिएका खेल संयोजक रतिया राजवंशीले बताए ।

