समाचार

महाशिवरात्रीको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले पूजारीबाट टिकाप्रसाद ग्रहण गरेका थिए ।

महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथमा भारतका समेत गरी दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ । यस वर्ष झनै दर्शनार्थीहरुको घुइँचो बढेको पशुपति क्षेत्र विकास कोषले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए

शिवरात्रीको अवसर पारेर भारतसंगै अन्य देशबाट पनि हिन्दु धर्मवलम्बी भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ ।आज रातिसम्म करिब ११ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । मन्दिर प्रवेशका लागि दर्शनार्थीहरुलाई मित्रपार्क, जयबागेश्वरी र पिंगलास्थानबाट व्यवस्था मिलाइएको छ भने भित्र पुगेपछि पाँच वटा लाईनको व्यवस्था गरिएको पनि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले बताए ।

Leave a Reply

Your email address will not be published.