
,
काठमाण्डौ, चैत १४ । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन आह्वान गर्ने गर्ने भइको छ ।
कर्मचारी समायोजन पश्चात बाँकी रहेका कर्मचारीहरु लाई पदपूर्ति गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई निर्देशन दिइसकेको छ ।
चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षाको तयारी गर्न आयोगलाई निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताउनुभयो ।
समायोजनपछि पनि झण्डै २० हजार कर्मचारी अभाव रहेकाले त्यसलाई पूर्ति गर्नका लागि आयोगलाई निर्देशन दिइएको मन्त्री पण्डितले जानकारी दिनु भयो ।
अब तत्काल लोक सेवा आयोगले २० हजार विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गरिने छ ।

