
काठमाडौं, वैशाख २० । बार्सिलोनाका लागि लिओनल मेस्सीले आफ्नो व्यक्तिगत ६०० गोल पुर्याएका छन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल खेलमा इंग्लिस टोली लिभरपुलविरुद्ध २ गोल गरेसँगै मेस्सीले ६००औं गोल आफ्नो नाममा दर्ता गराउन सफल भएका हुन् ।
३१ वर्षीय अर्जेन्टिनी फरवार्ड मेस्सी सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका छन् । मेस्सीले १५ वर्षको अन्तरालमा ६०० गोल पूरा गरे । मेस्सी बार्सिलोनाका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । साथै उनी बार्सिलोनाका लागि सबैभन्दा बढी उपाधि जित्ने खेलाडी पनि हुन् ।

