खेलकुद

एन्फाले आले (मामा) सहित आधा दर्जनबढी व्यक्तिलाई अवार्ड प्रदान

काठमाण्डौँ, बैशाख २२ । झापा जिल्ला फुटबल संघ अध्यक्ष तथा पुर्व बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामालाई एन्फाले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । पुर्वाञ्चलमा लामो समय देखि फुटबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनका साथै उनले प्रशिक्षण गरेका थुप्रै खेलाडी राष्ट्रिय फुटबल टिमबाट स्थापित भएका छन् । आलेले अवार्डसहित नगद ३ लाख ५० हजार र एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रत्येक बर्ष जेठ २२ गते एन्फा दिवस मनाउदै आएको छ । साथै उक्त कार्यक्रममा फुटबल खेलका बिशेष व्यक्तिहरुलाई बिभिन्न शिर्षकमा अवार्ड वितरण गर्दै आएको छ । सोमबार काठमाण्डौँमा सम्पन्न एन्फा अवार्डमा आले मामा संगै अभिषेक रिजाल र मञ्जली कुमार योञ्जनले बर्षको उदयमान खेलाडीको अवार्ड प्राप्त गरेका छन् । यस्तै बर्षको उत्कृष्ट पुरुष रेफ्रीबाट लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धनले अवार्ड प्राप्त गरे । बर्ष उत्कृष्ट प्रशिक्षकमा हरी खड्काले अवार्ड थापे ।

यस्तै अन्तराष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडीको अवार्ड रोहित चन्द र किरणकुमार चेम्जोङले प्राप्त गरेका छन् । यस्तै फुटबलमा विशेष योगदान गर्ने पुरुष खेलाडी अवार्डबाट जुमानु राई र महिला खेलाडी अनु लामाले अवार्ड थापेका छन् ।

Leave a Reply

Your email address will not be published.