कला

“सुन साइँली” का रेकर्डिस्ट बुहारी हत्याको आरोपमा प्रक्राउ

काठमाण्डौं, बैशाख २८ ।“सुन साइली” गीतका रेकर्डिस्ट उज्वल महत प्रक्राउ परेका छन् । उनलाई भाई(बुहारीको हत्या गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो । उनले २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ । बुहारीको हत्या गरे लगत्तै उनले घरमै रहेकी आमालाई बताएका थिए । त्यसपछि प्रहरीलाई खबर भएपछि उनलाई प्रहरीले प्रक्राउ गरेको हो ।

प्रहरी घटनास्थल पुग्दा उनी त्यही थिए भागेका थिएनन् । उनले किन बुहारीको हत्या गरे भन्ने चाही खुलेको छैन । उनीमाथि अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए । केही गीतहरुमा संगित समेत दिएका महतमा मानसिक समस्या देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published.