
झापा, बैशाख २८ । भद्रपुर स्थित मेची रंगशालामा दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स प्रतियोगिताको जिल्ला छनौट शनिबार बाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सोम पोर्तेलले गरेका थिए । प्रतियोगितामा जिल्लाभरका १४ बर्ष मुनिका विभिन्न विद्यालयमा अध्ययनरत करिब पाँच सय विद्यार्थीहरुले सहभागीता जनाएका छन् । छनौट प्रतियोगितामा कराँते, उसु, तेक्वान्दो र एथलेटिक्स विद्याका खेलहरु समावेस गरिएको छ । जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेश स्तरिय प्रतियोगितामा जेष्ठ ९ र १० गते सहभागी हुन पाउने छन् ।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख माघव पोखरेल, प्रहरी उपरिक्षक दिनेश मैनाली, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण कुमार श्रेष्ठको बिशिष्ट आतिथ्यता रहेको थियो । झापा जिल्ला जुडो संघ जिल्ला अध्यक्ष प्रा.डा. पृथ्वी विक्रम राई, नेकपा भद्रपुर अध्यक्ष शिवराज भण्डारी, झापा जिल्ला उद्योग संघ अध्यक्ष टिकाराज ढकाल, झापा जिल्ला सेल्फडिफेन्स संघ उपाध्यक्ष धनप्रसाद सिवाकोटीको बिशेष आतिथ्यता थियो ।

प्रशिक्षण प्रमुख टार्जन सुब्बा, बरिष्ट कराते प्रशिक्षक मदन उप्रेती, पुर्व बरिष्ट एथलेटिक्स प्रशिक्षक लोक प्रसाद ओलीलगायतको आतिथ्यता रहेको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष भेषराज भण्डारी (प्रशान्त) र सञ्चालन कार्यालय प्रमुख टहल दाश मैनालीले गरेका थिए ।

