खेलकुद

प्रदेश नम्बर एकमा एन्फाको रेफ्रि कोर्ष सञ्चालन

झापा, जेष्ठ ५ । काँकरभिट्टामा प्रदेश नम्बर एक स्तरिय एन्फा रेफ्रि कोर्ष आईतबार देखी सञ्चालन भएको छ । काँकरभिट्टा क्याम्ससको सभाहलमा आयोजित तालिमको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ट उपाध्यक्ष पंकज बिक्रम नेम्बङ्गले गरेका छन् ।

रेफ्रि कोर्ष तालिममा पुर्व फिफा रेफ्रि लब खत्री, फिफा सहायक रेफ्रि रोजिन श्रेष्ठ, पुर्व सहायक रेफ्रि मधुसुदन खनाल, पुर्व सहायक रेफ्रि शैलेस श्रेष्ठले सहभागीलाई प्रशिक्षण गराउने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा झापा जिल्ला फुटबल संघको संयोजकत्वमा जेष्ठ ५ गते देखि ११ गते सम्म सञ्चालन हुने रेफ्रि कोर्ष तालिममा प्रदेश नम्बर एक अन्तर्गतका दश जिल्लाको सहभागीता रहेको छ । तालिममा प्रत्येक जिल्लाबाट तीन तीन जना गरी तिस जना युवा युवतीले एन्फा रेफ्रि कोर्षमा सहभागी जनाएका छन् ।

उद्घाटन कार्यक्रममा राप्रपा मेचीनगर अध्यक्ष शुसिल आचार्य, काँकरभिट्टा फुटबल ट्रेनीङ्ग सेन्टरका अध्यक्ष मिन बहादुर बस्नेत, दिपक काकी पत्रकार विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष मनिस दाहाल र सञ्चालन महासचिव शेरबहादर बस्नेत (सुन्दर)ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.