
झापा, जेष्ठ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति उठेका विवादलाई हल गरेर लैजानुपर्ने बताउनुभएको छ ।
प्रेस संगठन झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले त्यस्तो बताउनुभएको हो । ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन’, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्नुभयो, ‘प्रेस ऐनमा देखिएका केही विवाद परिमार्जन गर्ने प्रक्रियामा रहेको छ, यसलाई अझ समुन्नत बनाइनेछ ।’
पत्रकारहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै नेता खनालले प्रेस स्वतन्त्रसँगै मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानले दिएको हक र अधिकारलाई कसैले कुनै पनि बहानामा कुण्ठित गर्न नसक्ने पनि प्रष्ट पार्दै खनालले भन्नु भयो ‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन ।
‘

