शिक्षा संघ \संस्था

बाहुण्डाँगी जेसीजको विद्यार्थीलाई प्रभावकारी भाषणकला

झापा, जेष्ठ ८ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत मंगलवार देखि ‘प्रभावकारी भाषण कला’ सम्बन्धी तालीम सुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा नीजि विद्यालयका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरेले प्रशिक्षण गराउनु भएको छ ।

बुधवार विराट एफएमकी प्रवन्धक लिला अनमोलले प्रशिक्षण गराउनु हुनेछ । दुई दिनसम्म तालिम लिएका विद्यार्थीहरुले जेठ १७ गते बाहुण्डाँगीमा हुने मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा भाग लिनेछन् । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले नगद पुरस्कार सहित ‘जेसीज अफ द अवार्ड’ प्राप्त गर्नेछन् ।
बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि शाखाका पूर्व अध्यक्ष पुष्कर ढकाल, आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्काले बाहुण्डाँगी जेसीजले गरेको यो अभियानको प्रशांसा गर्नु भएको थियो । उहाँहरुदले समाजका हरेक क्षेत्रका व्यक्तिहरुलाई समेटेर ८ दिनको तालिम सञ्चालन गर्नु सबैका लागि उदाहरणीय रहेको बताउनु भयो । कार्यक्रमका आस्थापाठ कोषाध्यक्ष राजेश थापाले गर्नु भएको थियो ।
कार्यक्रम संयोजक प्रविण भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.