समाचार

लोकसेवाले थप्यो म्याद

काठमाण्डौं, असार ३ । लोक सेवा आयोगले स्थानिय तहका लागि खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरिएको जनाएको हो । आज मंगलबारसम्म मात्र फारम भर्ने अन्तिम समय थियो तर आयोगले फारम भर्न एक साता समय थप गरेको हो । अब असार १० गतेसम्म फारम भर्न सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.