झापा, अषाढ ५ । मेचीनगर १ मा जारी अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा केके एफसी झापा विजयी भएको छ ।
गाडागल्ली इनोभेटिभ सोसाइटीले सञ्चालन गरेको प्रतियोगिताको उक्त खेलमा केके एफसीले जे एफसी इलामलाई १–० गोलले पाखा लगाएको हो ।
आयोजकका अनुसार दुवै टिमका तर्फबाट गोल हुन नसकेपछि खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गियो ।
दोस्रो हाफको १५ औं मिनेटमा केके एफसी जर्सी नम्बर ९ का खेलाडी प्रदीप राईको प्रहार नै विजयका लागि निर्णायक बन्यो ।
आयोजक संस्थाका अध्यक्ष पूर्णबहादूर देवानका अनुसार शुक्रबार हुने तेस्रो दिनको खेलमा निन्दा एफसी र बाहुनडाँगी युवा क्लब भीँड्ने छन् ।

