झापा, अषाढ ६ । पञ्चम म्युजिक स्कुल काकँरभिट्टाको आयोजनामा भोली देखि अन्तर विद्यालय गायन प्रतियोगिता सिजन ३ आयोजना हुदैछ ।
पहिलो र दोश्रो सिजन सफलतापुर्वक आयोजना गरिसकेको छ । प्रतियोगितामा मेचीनगर क्षेत्र भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा विभिन्न चरणहरु अषाढ ७ गते शनिबार देखि सञ्चालन भई अषाढ १२ गतेसम्म चल्ने छ । प्रतियोगिताको फाइनल भने अषाढ १३ गते शुक्रबार कांकरभिट्टा स्थित सुर्योदय बोर्डिडँ स्कुलमा हुनेछ ।
प्रतियोगिताको प्रमुख निर्णायकका रूपमा चर्चित गायिका तथा संचारकर्मी प्राश्ना शाक्य रहनेछिन् । प्राश्नाले प्रमुख निर्णायकको भुमिका निर्वाह संगै विशेष प्रस्तुति पनि पस्कने छिन् ।
विद्यार्थीहरूमा अन्तरनिहित क्षमताको बिकास गर्ने उदेश्यअनुरूप आयोजित गायन प्रतियोगिताको बिजेताले नगद रू १०,०००,ट्रफी,प्रमाणपत्र र ६ महिना निशुल्क म्युजिक कोर्श प्राप्त गर्नेछन् । त्यसै गरी दोश्रो र तेश्रो हुनेले क्रमश नगद रू ५०००,रू २५००,ट्रफी प्रमाणपत्र र ३ महिना निशुल्क म्युजिक कोर्ष गर्न पाउने पन्चम म्युजिक स्कुलका मेनेजिडँ डाइरेक्टर श्याम सिहँले जानकारी दिए ।

