खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाण्डौं,अषाढ १५ । सिंगापुरमा आयोजना हुने आईसीसी टी ट्वान्टी विश्वकप एसिया फाइनलका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाली टोलीमा कप्तान खड्का सहित बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारी र आरिफ शेख बैकल्पिक खेलाडीमा परेका छन् ।
उनिहरुलाई आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाललगायतको टिमले नेपाली टोली छनौट गरेका हुन् ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनौटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.