खेलकुद

रुविना र अप्सरीले सुरुंगालाई चुमाए सप्तरी महिला प्रिमियर लिगको उपाधि

झापा, अषाढ १६ । जारी सप्तरी प्रिमियर लिगको उपाधि झापाको सुरुङ्गा नगरपालिकाले जितेको छ । खडक नगरपालिकालाई सजिलै १० विकेटले पराजित गर्दै सुरुंगा नगरपालिकाले प्रथम महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको छ ।
रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिका उपाधिका लागि प्रतिस्पर्धा गर्दा खडक नगरपालिकाका खेलाडी उनिहरु सामु कमजोर साबित भए । सोमवार सम्पन्न फाईनल खेलमा खडक नगरपालिकाका कप्तान सरस्वती चौधरीले टसजिती पहिलो ब्याटिंग रोजेपछी सुरुङ्गले फिडीङ्ग गरेको थियो । खडक नगरपालिकाले निर्धारित २० ओभरको खेलमा १ विकेटको नोक्सानीमा १ सय ४ रनको योगफल तयार पारेका थिए । खडकका लागि रश्मी शर्माले उत्कृष्ट पारि खेल्दै ६२ बलमा ५ चौक्काको मद्धतले ६२ बलमा नटआउट रहि ५० रनको योगदान दिएका थिए भने काजल श्रेष्ठ २० र सरस्वती चौधरीले अविजित रहि १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ सुरुंगाका लागि एक मात्र विकेट संगिता राईले लिएकी थिईन् ।
१ सय ५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुंगाले सुरुवात देखिनै आफनो लय देखाउदै १५ ओभर ४ बलमै उक्त स्कोर भेटाएउन सफल भयो । सुरुंगाका लागि कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिंग गर्दै ५२ बलमा ७ चौक्का र १ छक्काको मद्धतले नटआउट रहि ६३ रन बनाउदा अप्सरी बेगमले ४२ बलमा ४ चौक्काको मद्धतले नटआउट रहि ३६ रनको योगदान दिईन् । खेलको प्लेयर अफ द म्याच सुरुंगाका तर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने कप्तान रुविना क्षेत्रि घोषीत भईन् उनले नगद ५ हजार प्राप्त गरीन साथै उनलाई सप्तरी क्रिकेट संघले सम्मान गरेको थियो ।
प्रतियोगिता उत्कृष्ट प्रर्दशन गर्ने ईमरजिंग प्लेयर खडकका माधवी चौधरीलाई नगद ५ हजार, बेष्ट बलर खडकका कविता गौतमलाई ५ हजार तथा म्यान अफ द सेरिज प्राप्त गरीन ।
सुरुंगा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसंगको सहकार्यमा सबल नेपालद्धारा गत १३ गते देखि संचालित प्रतियोगितामा ३ टोलिको सहभागिता रहेको थियो । सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा संचालित समापन कार्यक्रम सुरुंगा नगरपालिकाका उपमेयर बिन्दा पासवान, सेभ द चिल्ड्रेनका रचना थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, सचिव चन्दन यादव, पुर्व प्रशिक्षक राजकुमार दास, अम्पाएर संघका अध्यक्ष निरज सिंह लगायतको सहभागिता रहेको झापा जिल्ला क्रिकेट संघको उपाध्यक्ष विरु श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.