युवराज आचार्य
झापा, अषाढ १६ । पुर्वेली गायीका अञ्जु गौतमले पश्चिमेली भाकाको गीत ‘काउली फुल्ने बन्दा बेरीनी’ बजारमा ल्याएकी छिन् । उनलाई साथ दिएका छन् चर्चित गीत झम्के गुलेलीका गायक कमलीकान्त भेटवालले ।
म्यूजिक भिडियोमा अञ्जु गौतमकी छोरी ज्योती खड्का र कमल सिंहले अभिनय गरेका छन् । ओएसआर डिजिटल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
बिक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेको हुन । पश्चिमेली भाकामा रहेको उक्त म्यूजिक भिडियोले अहिले छोटो समयमा नै राम्रो सफलता पाईरहेको छ ।
सुनसरी, इटहरीकी अञ्जु सांगीतीक क्षेत्रमा सक्रिय र परिचित नाम हो । देशका विभिन्न ठाँउमा भएका सांगीतीक कार्यक्रममा आफ्नो सुमधुर स्वरले सबै दर्शक स्रोतालाई मनोरञ्जन दिन सफल उनि काउली फुल्ने बन्दा बेरीनी सफल भए संगै थप हौसिएकी छिन् ।

