काठमाण्डौँ, अषाढ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । प्रम ओलीले ३७ अर्ब घाटामा रहेको निगमको व्यवस्थापन र संचालन फितलो रहेको भन्दै निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको बताए । त्यसैले तत्काल सरकारले निगमलाई कुनै पनि सहयोग गर्न नसक्ने प्रष्ट पारे ।
आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेको भन्दै उनले निगमप्रति असन्तुष्टी व्यक्त गरे ।
निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित गरेको कार्यक्रममा प्रम ओलीले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकारवाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि बिकल्प खोज्न बाध्य हुने पनि बताए ।
प्रम ओलीको नेपाल वायु सेवा निगमलाई प्रश्न गर्दै भनेका छन् , ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ?
प्रम ओलीले आफूले निगमको विमान उडान भर्नका लागि यूरोपियन देशहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराए ।

