खेलकुद

आत्मरक्षा सम्बन्धि तालिम सम्पन्न

झापा, अषाढ २७ । छात्राहरुलाई लक्षित गरी सञ्चालित आत्मरक्षा सम्बन्धि दुईदिने अभिमुखिकरण तालिम शुक्रबार सकिएको छ ।
छात्राहरुलाई शारीरिक रुपमा हुनसक्ने हिंसाजन्य घटनाबाट जोगिने उपाय सिकाउँदै अभिमुखिकरण तालिम समापन भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत उक्त तालिम सञ्चालन गरिएको थियो ।
बिहीबारबाट सुरु भएको अभिमुखिकरणमा झापा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत् छात्राहरु सहभागी थिए ।
काँकरभिट्टा खानेपानी संस्था परिसरमा भएको तालिममा प्रशिक्षकहरु सञ्जु महर्जन, शिला श्रेष्ठ, प्रकाश बस्नेत, पिंकी वर्मन र वीरबहादूर लिम्बूले आत्मरक्षाका सैद्धान्तिक र प्रयोगात्मक विषय सिकाएका थिए ।

तालिमका प्रशिक्षार्थीहरुलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिबी रानापाललगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति झापाको समन्वय तथा व्यवस्थापनमा आयोजित तालिममा एक विद्यालय बराबर ३ जना छात्राले भाग लिएका समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले बताए ।
‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल नारासहित उक्त तालिम देशव्यापी रुपमा सञ्चालन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.