संघ \संस्था

टोललाई वातावरणमैत्री बनाउन वृक्षारोपण

झापा, अषाढ २८ । मेचीनगर ८ स्थित पाथिभरा टोल विकास संस्थाले शनिबार वृक्षारोपण कार्यक्रम गरेको छ ।
मेचीनगर ८ नम्बर वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमपछि विरुवा रोपिएको संस्थाका सदस्य विनोद मगरले बताए ।
वृक्षारोपणमा वडा सदस्य गंगा पाठक, सन्तोष मेचे, नेकपा मेचीनगर ८ का अध्यक्ष कुन्दन निरौला, सदस्य दशरथ खडिया, नेपाली काँग्रेस मेचीनगर ८ का सभापति गिरीराज धमला, समाजसेवी विकास देवकोटालगायत सहभागी थिए ।
कार्यक्रमका सभापति एवँ संस्थाका अध्यक्ष रमेश नेपालीका अनुसार टोल परिसरको झापा मार्गदेखि सुवर्ण मार्ग सडक खण्डमा विरुवा रोपिएको हो ।

‘वातावरण असन्तुलनका कारण हामी दैवी प्रकोपको सामना गर्न बाध्य छौें’ कार्यक्रमका प्रमुख अतिथि धिमालले भने–‘वातावरण संरक्षण गर्न सक्यौं भने मात्र हामी पनि सुरक्षित हुन्छौं ।’
धुलाबारीस्थित पाथिभरा नर्सरीबाट खरिद गरिएको अशोक जातका २ सय २२ वटा विरुवा सडकको दुवै किनारमा रोपिएको संस्थाकी कोषाध्यक्ष शान्ता न्यौपानेले जानकारी दिईन् ।
टोलको वातावरण स्वच्छ र हराभरा बनाउन संस्थाको सक्रियतामा रोपिएको विरुवा जोगाउनु टोलवासीको साझा दायित्व भएको स्थानीय युवा सन्तोष अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published.