झापा, श्रावण ६ । मदन भण्डारी स्पोट्र्स एकाडेमी झापाको अध्यक्षमा चन्द्र प्रसाई चयन भएका छन् । बिर्तामोडको आदर्श ब्याङ्कवेट मा सम्पन्न एकाडेमीको बिस्तारित भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यमा ज्ञानेन्द्र राई, सचिब दिपक बराल, सहसचिब डिगेन रिजाल, कोषाध्यक्षमा रोजिना पाण्डे रहेका छन् । त्यसै गरी सदस्यमा गंगाबहादुर खड्का, रोशन लामा, सन्तोष भुजेललगायत २९ सदस्यीय नँया कार्यसमिति गठन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा मदन भण्डारी स्पोट्स एकाडेमीका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठको रहेको थियो । नेकपा झापाका सहइन्चार्ज देबेन्द्र दाहाल, नेकपा झापाका अध्यक्ष चिन्तन पाठकलगायतले शुभकामना मन्वव्य राखेका थिए ।
मदन भण्डारी स्पोट्र्स एकाडेमी झापाका अध्यक्ष डिल्लिराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब चन्द्र प्रसाईले गरेका थिए ।

