झापा, श्रावण २५ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापा शाखाले दुई दिवशिय निःशुल्क फोटो पत्रकारिता तालिम आयोजनामा गरेको छ । विर्तामोडको होटल हेरिटेजमा शनिबार बाट सञ्चालन भएको तालिममा झापामा क्रियाशिल फोटो पत्रकार र फोटो सम्बन्धित चासो राख्ने करिब ४० जना पत्रकारहरुले सहभागीता जनाएका छन् ।
एनएसजेएफ झापाको सदस्यहरुलाई लक्षित गरी आयोजना गरेको तालिममा अग्रज फोटो पत्रकार तथा पिजे क्लबका अध्यक्ष विकास कार्की र अग्रज फोटो पत्रकार विजय गजमेरले प्रशिक्षकको रुपमा तालिम अवधिभरसहजीकरण गर्ने छन् ।

दुई दिने तालिमको आईतबार समापन संगै एनएसजेएफ झापा शाखाको नँया नेतृत्व चयन हुने भएको छ । समितिको दुइ बर्षे कार्यकाल समापन भए संगै नँया समिति छनोट गर्न लागेको छनोट समितिका सदस्य हिमाल खरेलले जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापा शाखा अध्यक्ष रमेश समदर्शीको अध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव पर्वत पोर्तेलले गरेका थिए ।

