विविध

जवरजस्ती करणी गरी फरार शेर्पा इलामबाट पक्राउ

नरेन इलामेली
इलाम, श्रावण २४ ।
तेह्रथुमबाट जवरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई इलाम प्रहरीले पक्राउ गरेको छ । २०७५ साल चैतमा जवरजस्ती करणी गरी फरार रहेका तेह्रथुमको षडानन्द नगरपालिका ९ का २० वर्षीय फुर्वा लाक्पा शेर्पा इलाममा पक्राउ गरेका हुन् ।
इलामको सुर्योदय नगरपालिका १० स्थित आरुबोटेमा लुकीछिपी बसेको अवस्थामा बिशेष सुराकीकोआधारमा प्रहरी चौकी फिक्‍कलबाट खटिएको प्रहरी टोलरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पक्राउ परेका फरार अभियुक्तलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाईएको सुचना अधिकृत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.