खेलकुद

यू–१३ ओसन कप खेल्ने काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका खेलाडीलाई विदाई

काँकरभिट्टा । नवौँ यु–१३ ओसन कपमा झापाको प्रतिनिधित्व गर्ने काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका खेलाडीलाई विदाई गरिएको छ ।

मंगलबार काँकरभिट्टाको खेलमैदानमा एक कार्यक्रमकाबीच खेलाडीलाई कोशी प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ, जिल्ला फुटबल संघ झापा अध्यक्ष भगिरथ आले मामा, महासचिव सुन्दर बस्नेत, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेललगायतले खादालगाएर विदाई गरेका हुन् ।

चर्चित क्लबहरु सम्मिलित गोर्खामा हुने प्रतियोगितामा भाग लिन काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष मिनकुमार बस्नेतको नेतृत्वमा टिम गोर्खा प्रस्थान गरेको छ ।

अध्यक्ष बस्नेतले टिमले उपाधि लक्ष्यसहितको तयारी गरेको बताए । उनले अघिल्लो संस्करणमा पनि सहभागी भएर अनुभव बटुसकेकोले यो संस्करणमा जीत नै प्रमुख लक्ष्य रहेको बताए ।