मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा टोल विकास संस्थासँग साझेदारी कार्यक्रम सम्बन्धि सहजकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको आयोजनामा बैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन गरेको टोल विकास संस्थासँग साझेदारी कार्यक्रम सम्बन्धि सहजकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नगरका पन्द्रवटै वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । आज समापन Read More…
Month: April 2024
इलाममा एमालेको बर्चस्व कायमै
इलाम । इलाममा नेकपा एमालेले आफ्नो बर्चस्व कायम राखेको छ । बिगत अढाई दशकदेखि एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो पकट जमाएको इलाममा उनको सेखापछि पनि यस क्षेत्रमा एमालेले बर्चस्व कायम राख्न सफल भएको हो । सुवास नेम्वाङको निधनपछि इलाम क्षेत्र नं २ बाट प्रतिनिधित्व गर्ने संघिय सांसद पद रिक्त रहेको थियो । उक्त खाली रहेको Read More…
इलाम २ मा एमालेका सुहाङ नेम्बाङ विजयी
इलाम । इलाम क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् । उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । नेम्बाङ ५ हजार ८३० मतान्तरसहित विजयी भए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ Read More…
मेचीनगरमा हात्तीपाइले रोग विरुद्ध आमऔषधि सेवन अभियान सञ्चालन
मेचीनगर । मेचीनगरपालिकामा सोमबारबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन । उपप्रमुख उप्रेतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती पाईले Read More…
‘मानव बेचबिखन नियन्त्रणमा सवैको भूमिका आवश्यक’
मेचीनगर । सिमानाकामा रहेर मानव बेचबिखन नियन्त्रणतथा रोकथाममा उल्लेखयि भूमिका निर्वाह गरेको भन्दैं आइतबार झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टा र साना हातहरु नामक संस्थालाई सम्मान गरिएको छ । मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान भन्ने मुल नारासहित नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा सक्रिय गैर सरकारी Read More…
इलाम २ अपडेटः मतान्तर फराकिलो बनाउँदै एमाले उम्मेद्वार सुहाङ
इलाम । इलाम क्षेत्र नं. २ मा उपनिर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । अहिलेसम्म गणना भएको १७ हजार ३७५ मतमा सुहाङले ७०३३ मत प्राप्त गर्दा काँग्रेसका डम्बर खड्काले ५१०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले Read More…
इलाम २ उपनिर्वाचन : काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान
इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनको मतदान सूरु भएको छ । विहान ७ बजे सूरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । यसैबीच नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र क बाट मत Read More…
इलाम २ उपनिर्वाचन : एमालेका उम्मेदवार सुुहाङ नेम्वाङले गरे मतदान
इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनको मतदान सूरु भएको छ । विहान ७ बजे सूरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ग बाट मत Read More…
खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बा, नेपालको प्रतिनिधित्व गर्दै जापानमा
झापा । झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा २० औं वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जापानमा छन् । जनताको कामसंगै खेलकुदमा सक्रिय वडाध्यक्ष सुब्बाले जापानमा आज र भोलि हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ४० बर्ष भन्दा माथि उमेर समुहमा प्रतिष्पर्धा गर्दैछन् । तेक्वान्दो खेलको छैटौं डान प्राप्त सुब्बा Read More…
नगरप्रमुख बुढाथोकीले गरे, बाहुनडाँगी सिस्टमको उद्घाटन
मेचीनगर । मेचीनगर सहलगानी आयोजना अन्तरगत बाहुनडाँगीमा निर्माण सम्पन्न भएको बाहुनडाँगी सिस्टमको बिहीबार एक कार्यक्रमकी बीच उद्घाटन गरिएको छ । बाहुनडाँगी क्षेत्रका जनतातालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ करोड ३८ लाख १३ हजार ४१२ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सिस्टमको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरका अझै धेरै Read More…