समाचार

काठमाडौंको तापक्रम ०.६ डिग्री

काठमाडौं, पुष १२ । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले मापन गरेको यो तापक्रम बिहान ६ बजेको हो । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो । यसअघि बिहीबार विहान पौने ९ बजे काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ मापन भएको थियो ।

त्यस्तै तराईको हुस्सु/कुहिरो जारी नै रहेकाले चिसो बढ्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.