संघ \संस्था

करेसाबारी खेती सम्बन्धी तालिम सुरु

झापा, पुष १२ । पारिजात महिला विकास मञ्च मेचीनगर– ८ को आयोजनामा अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम शनिबारबाट सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले कृषिबाट मात्र देशमा आर्थिक परिवर्तन सम्भव रहेको बताए ।

उद्घाटन सत्रमा वडा सदस्य सन्तोष मेचे, नेकपा ८ नम्बर वडा अध्यक्ष कुन्दन निरौला, नेपाली काँगे्रसका ८ नम्बर वडा सभापति गिरीराज धमला र तालिमकी प्रशिक्षक बिना पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्य गंगा पाठक, विष्णु बराईली, मेची विद्योदय आधारभूत विद्यालयका अध्यक्ष अध्यक्ष लालबहादुर थामी, वातावरण संरक्षण तथा अग्र्यानिक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विष्णु भट्टराई, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य रविन ओझा, सुकुम्बासी टोल विकास संस्थाका कोषाध्यक्ष लक्ष्मी गिरीलगायतको आतिथ्यता थियो ।

संस्थाकी अध्यक्ष मनकुमारी गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत संस्थाकी सदस्य केन्द्रकुमारी उप्रेती र सञ्चालन सचिव गोमा पोखरेलले गरेकी थिईन् ।

मेचीनगर ८ नम्बर वडा कार्यालयको सहयोगमा नारी जागरण भवनमा सञ्चालित तालिममा मेचीनगरका ५४ जना महिलाहरुको सहभागीता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.