झापा, श्रावण २४ । नेपालको पूर्वी नाका अन्तर्गत काँकरभिट्टा क्षेत्रमा सिसि क्यामेरा जडान गरीएको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्ट परिसरमा शुक्रबार एक कार्यक्रमका बिच प्रमुख अतिथि प्रदेश नम्बर एकका प्रहरी प्रमुख (डिआइजी) ठाकुरप्रसाद ज्ञावलीले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।
प्रबिधिको प्रयोग संगै सिसि क्यामेराको प्रयोगले खुल्ला सिमा क्षेत्रमा हुने सम्भावित आपाराधिक गतिविधिलाई न्यूनिकरण गर्दै नागरिकलाई भय र त्रास मुक्त बनाउने र प्रहरीको सकरात्मक काम कर्तव्यमा समेत महत्वपूर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको प्रमुख अतिथि ज्ञावलीले बताए ।
पर्यटन तथा यातायात व्यवस्थापन समितिको अगुवाईमा तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहकार्यमा जडान गरिएका २३ वटा क्यामेरा कुल चौध लाख दुई हजार पाच सय तिरानब्बे रुपैयाको लागतमा सिसि क्यामेरा जडान गरिएको हो । जसमा मेचीनगर नगरपालिका बाट ५ लाख ८४ हजार ३ सय ४९ र स्थानीय जनसहभागिताबाट रकम संकलन गरिएको थियो ।
उदघाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य,मेची भन्सार कार्यालयका प्रमुख टेक वहादुर अर्याल,मेचीनगर वडा न ६ का वडाध्यक्ष ललित तामाङ्ग,नेपाल पत्रकार महासंग झापाका सचिव सन्तोष आचार्य,नेकपा मेचीनगरका नगर अध्यक्ष माधव अर्याल,नेपाली काग्रेस मेचीनगर सभापति इन्द्र बुढाथोकी,राप्रपाका शशिल आचार्य,सुभद्रा अर्याल लगायलते बोलेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) दिनेश राज मैनालीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक गोबिन्द कुमार कार्कीले स्वागत र निरकुमार कार्की (नेत्र) ले कार्यक्रमको संचालन गरेका थिए ।

पत्रकार सम्मानित
पर्यटन क्षेत्रमा कलम चलाउदै सिसि क्यामेरा जडान अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आयोजक पर्यटन तथा यातायात व्यवस्थापन समितिले एक संचारकर्मीलाई सम्मान गरेको छ । सम्मान हुनेमा झापाका युवा संचारकर्मी खगेन्द्र घिमिरे रहेका छन् । घिमिरेलाई प्रमुख अतिथि ज्ञवालीले दोसल्ला पहिर्याएर सम्मान गरेका हुन ।

