विविध

भारतसंग पाकिस्तान रुष्ट, आफ्नो एयरस्पेस भएर उड्न दिएन भारतीय विमान

काठमाण्डौं, श्रावण २३ । जम्मु–कश्मीरमा भारत सरकारद्वारा धारा ३७० का प्रावधान हटाए पछि भारत र पाकिस्तान बिच सम्बन्ध चिसिएको छ । पाकिस्तानले बुधवार भारतसँग कूटनीतिक सम्बन्ध घटाएको केही बेरपछि नै आफ्नो एयरस्पेसलाई पनि आंशिक रूपमा बन्द गरिदिएको छ ।
यसबाहेक विदेशी विमानहरूलाई पाकिस्तानमाथि उड्दा उड्डयन उचाइ पनि बढाएको छ । एयरलाइन्सका हवाई मार्गहरूलाई पनि परिवर्तन गरिएको छ ।
बुधवार भारतसँग द्विपक्षीय व्यापार अन्त्य संगै कूटनीतिक सम्बन्ध घटाएपछि पाकिस्तानले भारतीय विमानका उडानहरूका एयरस्पेस बन्द गरेको हो ।
पाकिस्तानले यो निर्णय जम्मु–कश्मीरमा भारत सरकारद्वारा धारा ३७० का प्रावधान हटाएको विरोधमा लिएको हो । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको नोटिस टु एयरम्यानका अनुसार, पाकिस्तानी एयरस्पेस अगस्ट ६ देखि सेप्टेम्बर ५ सम्मका लागि बन्द गरिनेछ ।
प्राधिकरणका अनुसार, लाहौर क्षेत्रमा विदेशी विमानलाई ४६ हजार फीटमुनि उड्ने अनुमति छैन । अनि अफगानिस्तानबाट उडान भर्ने विमानहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ ।
पाकिस्तानले बालाकोट हवाई आक्रमणपछि पनि आफ्नो एयरस्पेस बन्द गरिदिएको थियो । जुलाई १६ मा सबै विमानका लागि त्यो खोलिएको थियो ।

Leave a Reply

Your email address will not be published.