संघ \संस्था

मिलनचोक टोल विकास संस्थाको अध्यक्षमा पुनः सिटौला

झापा, असोज २८ । मिलनचोक टोल विकास संस्थाको मंगलबार सम्पन्न १० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनरेन्द्रप्रकाश सिटौला सर्वसम्मत चयन भएका छन् ।

साधारण सभाको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्गले गरेका थिए ।

काकँरभिट्टामा सम्पन्न साधारण सभाले सचिवमा विशाल तामाङ्ग र कोषाध्यक्षमा पुनः सावित्रा अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । त्यसै गरी सदस्यहरुमा पुरानो कार्य समितिका सबै सदस्यहरु रहेका छन् ।

कार्यक्रममा मिलनचोक टोल भित्र रहेका तथा संस्थामा आवद्ध ७५ बर्ष माथिका जेष्ठ नागरिक विष्णुप्रसाद ढकाल, प्रेमकुमारी ढकाल, फुलमाया कटुवाल र योविना गुरुङ्गलाई जनही १ हजार नगद सहित सम्मानपत्र, अबिर र खदा पहिर्‍याएर सम्मान गरेको थियो ।

त्यसैगरी संस्थाको उत्कृष्ट ऋणीतर्फ टिकामाया संग्रौला, छेकी शेर्पा, चम्पामाया तामाङ्ग, मिङ्मार शेर्पा, चेतकला थापा र धनमाया श्रेष्ठलाई जनही ५ सय नगद सहित अबिर र खदा पहिर्‍याएर सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष नरेन्द्रप्रकाश सिटौला, प्रमुख अतिथि ललित तामाङ्ग, अतिथि राम तामाङ्ग, उत्कृष्ट ऋणीको तर्फबाट टिकामाया संग्रौला र जेष्ठनागरिकको तर्फबाट बिष्णुप्रसाद ढकालले शुभकामना मन्तव्य राखेका थिए ।

मिलनचोक टोल विकास संस्थाका सम्पूर्ण कार्यसमितिका सदस्यहरुको संयूक्त अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन विशाल तामाङ्गले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.