खेलकुद

पारसले गरे राष्ट्रिय टिमको कप्तानी पद परित्याग

काठमाण्डौँ, असोज २८ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । उनले ट्विटरमा यसको जानकारी दिएका छन् ।

आइसिसीले नेपालको क्रिकेट एसोसियन (क्यान)माथि लगाएको प्रतिबन्ध सोमबारमात्र फुकुवा गरेको थियो । क्यानमाथिको निलम्बन फुकुवा भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै पारस खड्काले ट्विटरमा लेखेका छन् ।

उनले अब बन्ने नयाँ कमिटीले नेपाली क्रिकेट, खेलाडी र यसका सरोकार पक्षलाई राम्रो गरोस् भन्ने कामना पनि गरेका छन् । अनि अन्त्यमा लेखेको छन्, ‘र, मैले नेपाल क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने घोषणा गरेको छु । जय नेपाल ।’

पारसले सन् २००९ बाट नेपाली क्रिकेट टिमको कप्तानी सम्हालेका थिए । उनले नेपाली टिममा सन् २००४ बाट खेल्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published.