खेलकुद

स्नुकर टुर्नामेन्टको उपाधि अनिसलाई

मेचीनगर, माघ ५ । मेचीनगर–६ स्थित काँकरभिट्टामा जारी तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टको उपाधि अनिस थापामगरले जितेका छन् । उनले सोमबार भएको फाईनल खेलमा विशाल तामाङलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

फाईनल खेलमा बेष्ट अफ सेभेन अन्ततर्गत अनिस थापामगरले बिशाल तामाङलाई ४–२ सेटमा पराजित गर्दै प्रतियोगितामा प्रथम भए । विजेता बनेसंगै अनिसले १२ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । फाईनल खेलमा पराजित हुदै द्धितीय बनेका विशालले ६ हजार ५ सय रुपैयाँसहित ट्रफीमा चित्त बुझाए ।

प्रतियोगिताको फाइएनल खेल साझ सम्म सञ्चालन भएका कारण विजेता खेलाडीलाई पुरस्कार वितरण मंगलबार भोलि बिहान ८ बजे पछि गर्ने आयोजक ब्ल्याक एड पुल एण्ड क्याफे मेचीनगरका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) ले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।