समाचार

युवकको बिभत्स हत्या

सिन्धुपाल्चोक, कात्तिक १ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गएराती एक युवकको विभत्स हत्या भएको छ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन।

हत्या गरि सोहि गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार रहेको र उनीहरुको खोजी कार्य तिब्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन।

शव परिक्षणका मेलम्ची ल्याईएको छ।

Leave a Reply

Your email address will not be published.