विश्व

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

काठमाण्डौं, कात्तिक १ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकि छिन्।

गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुग्नुभएकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन्।

योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट गरिन्।

उहनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्ष पुगिसकेकी छिन्। यसअघि उनले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेको अनुभव छ। रासस

Leave a Reply

Your email address will not be published.