खेलकुद

नेयमारका लागि ढिला तलब बुझ्न तयार, जेरार्ड पीके

काठमाण्डौं, कात्तिक १५ । बार्सिलोनाका डिफेन्डर जेरार्ड पीकेले ब्राजिलियन स्टार फरवार्ड नेयमारलाई क्लबमा फिर्ता ल्याउन आफुहरु ढिला तलब बुझ्न तयार रहेको बताएका छन् ।

स्पेनिस रेडियो काडेना सेरसँगको अन्तर्वार्तामा पीकेले नेयमारलाई क्लबमा ल्याउन ढिला तलब बुझेर क्लबलाई सहयोग गर्न खेलाडीहरु तयार रहेको बताएका हुन् ।

ुहामी हाम्रो सम्झौतामा समायोजन गर्न तयार छौँ,ु पीकेले भनेका छन्, हामी पैसा दिन त सक्दैनौ । तर, यस परिस्थितिलाई सहज बनाउन केही पैसा दोस्रो वा तेस्रो वर्ष किस्ताबन्दीमा लिन तयार छौं ।ु

नेयमार सन् २०१७ मा बार्सिलोना छाडेर कीर्तिमानी मूल्य २०० सय मिलियन पाउण्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेण ९पीएसजी० गएका थिए । तर, पछिल्लो सिजन नेयमार बार्सिलोना फर्कन चाहिरहेका छन् ।

बार्सिलोनाले पनि नेयमार फार्काउन चाहेको छ । तर, फिफाको फाइनान्सियल फेयर प्ले नियमको कारण बार्सिलोना नेयमार अनुबन्ध गर्न सकिरहेको छैन ।

यस सिजन बार्सिलोनाले फ्राङ्की डि जोङ र एन्टोनी ग्रिजम्यान अनुबन्ध गर्न २०० मिलियन बढी खर्च गरिसकेको छ । त्यसैले नेयमारलाई अनुबन्ध गर्न बार्सिलोनालाई फाइनान्सियल फेयर प्ले नियमले अप्ठ्यारो पर्नेछ ।

तर, पीकेले भने फाइनान्सियल फेयर प्ले नियमलाई सहज बनाउन खेलाडीहरु ढिलो तलब लिन तयार रहेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *