स्वास्थ्य

स्वस्थ जीवन कसरी जिउने ? यस्ता छन तरिकाहरु

काठमाण्डौं, कात्तिक १५ । नेपालीहरुलाई खानामा अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । अझै भन्नु पर्दा तराईबाट  झिंगा भन्कने गरि ट्रकमा हालेर ल्याएको भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय अनिबार्य हामी नेपालीको दैनिक तरकारी जस्तै भैसकेको छ ।

 त्यति मात्र कहाँ हो र ? तरकारीमा माछा, मासु छ भने हामीलाई भात संग मुछेर खानलाई अरु केहि पनि चाहिदैन । अनि कसरी स्वस्थ, स्फुर्त भएर लामो समय बाच्न सकिन्छ र ? अहिले भने कमसेकम खाना कस्तो खाने, के के खाने ? कस्तो खानाले स्वस्थमा असर गर्छ? भन्ने कुराहरुमा अलिकति राम्रो चेतना जाग्दै आएको छ ।

त्यसैले आजका भान्साहरुमा पहिले जस्तो दिनहु, चिल्लो पिरो मासु लगायतका मसलादार तरकारीमात्र पाक्न कम हुदैछ । बिहान मासु खाए बेलुका साग, भोलिपल्ट माछा पाक्न थालेको छ । यधपी खुर्सानी, तेल, नुन मसला को मात्रा भने कम हुन सकेको छैन । त्यसैले हामीले पनि, हल्का तेल, मसला मात्र प्रयोग गरेको खानेकुरा र सन्तुलित भोजन लिने बानि बसाल्न थाल्यौं भने पक्कै पनि नेपाल पनि कुनै दिन संसारको लामो आयु भएको देश भनेर चिनिने छ । जापान जापान संसारमै मानिसको औसत आयु लामो भएको देश भनेर चिनिन्छ ।

सर्वेक्षणले जापान बिश्व भरिमा महिलाको औसत आयु ८६ वर्ष र पुरुषको ८० बर्ष रहेको छ । भने हाम्रो देश नेपाल को औसत आयु पुरुष ६७ वर्ष र महिला ६९ मात्र रहेको छ यस्तो फरक किन त ? जापानिज हरु धेरै लामो समय बाच्नु अनि नेपालीहरु धेरै बाच्न नसक्नु, यसका धेरै कारणहरु छन् ।

१. खानामा सन्तुलन

जापानीहरुले पनि प्राय तीन चोटी नै खान्छन हामीले जस्तै । बिहान हल्का खाना, १२ बजेतिर बिहानको खाना अनि बेलुकाको खाना । तर फरक यत्ति हो हामीले खाने खाना संग प्राय दाल, तरकारी र अचार मात्र हुन्छ भने यिनीहरु खाने खानामा सन्तुलन मिलाइएको हुन्छ । जापानीहरुको खानामा बनाउन थोरै (तेल मसला कम प्रयोग गरिएको अथवा उसिनेको ) माछा, सुप, गेडागुडी, सीफुड, काँचो माछा, तोउफु उसिनेको तरकारी, अर्गा्निक चिया आदि हुने गर्दछन । त्यसैले यस्ता खानेकुरामा शरीरको लागि आवश्यक पर्ने कार्बोहाईटेड प्रोटिन लगायत अन्य भिटामिनहरुको सन्तुलन मिलेको हुन्छ,।

२. वातावरण, सरसफाई अनि दैनिक स्नान गर्ने चलन

जापान यति धेरै बिकसित भएपनि, खानेपानी, वातावरण सधै सफा राख्नको लागि जापानीहरु प्राय सधै आफ्नो घर होस् या शहर सफा राख्ने गर्दछन् । जतिसुकै काममा थकित र ब्यस्त रहे पनि बिहान एकचोटी नुहाएरै बाहिर जाने गर्दछन, अनि बेलुका फर्केपछी पनि आधि घण्टा जति तातोपानी ओफुरो बसेर नुहाउने गर्दछन ।

३ .स्वस्थ सेवा प्रणाली, बृद्ध अबस्थामा पनि काम गर्नु

जापानमा अनिवार्य स्वास्थ बिमा गर्नुपर्छ, जसले गर्दा जापानीहरु बर्षमा कम्तिमा पनि १२ पटक भन्दा बढी आफ्नो नियमित चेकअप गर्ने गर्दछन । परिणामस्वरुप, आफ्नो स्वास्थमा हुने परिबर्तन,गडबडी सम्बन्धि सबै जानकार रहने हुनाले सितिमित्ति ठूला रोग लाग्न बाट सजिलै सचेत रहने गर्छ । यसै गरी जापानिजहरु प्राय काम गर्दा अल्छी नलागोस अनि शारीरिक व्यायाम होस् भनेर उभिएरै काम गर्ने गर्दछन। धेरैजसो जापानिजहरू काममा जादाखेरि आफु बसेको ठाउँबाट ट्रेन स्टेसन सम्म पैदल हिडेर जान्छन अनि बल्ल त्यहाबाट ट्रेनको प्रयोग गर्ने गर्दछन । अझ अनौठो कुरो, बृद्ध अवस्था सम्म पनि स्फुर्त र स्वास्थ रहनको लागि यहाँ ६०र ७० बर्ष सम्म पनि मानिसहरु काम गर्ने गर्दछन ।

४.उपचार गर्ने प्रणाली

जापान बिश्वमा नै प्रबिधिमा अगाडी छ । यहाको आधुनिक उपचार पद्दतिले नै गर्दा जापानको बालमृत्युदर एकदमै न्यून रही आएका ेछ । यसै गरी जति सुकै ठुलो बिरामी भए पनि आधुनिक प्रविधि को उपचारले गर्दा मर्न लागेकाहरुले पनि लामो समय सम्म जिउन सकेका छन् । त्यसैले, हामीहरुले पनि सम्भंब भए सम्म जापानिजहरुले गरेका कुराहरुको सिको गर्न सक्यौं भने केहि लामो समय स्वस्थ, स्फुर्त भएर बाच्न सक्छौ । हाम्रो देश नेपाल पनि जापान भन्दा कम छैन, हामीसंग अथाह हरियाली जंगल छ कलकल बग्ने खोलानाला छन् । सागपात, गेडागुडी फल्ने खेतबारी छन् । सौखिन जिवन स्तरलाई त्याग्ने र खानामा सन्तुलन गर्ने हो भने हामी पनी धेरै बर्ष बाच्न सक्छौ ।

Leave a Reply

Your email address will not be published.