विचार

झापाबाट नरेन्द्र मोदीलाई खुल्ला पत्र; नेपाली भूभाग खोस्ने दुसहास गर्ने आट कहाँ बाट आयो तपाईलाई ?

झापा, कात्तिक २३ । मोदी ज्यू तपाई भारतको बर्तमान प्रधानमन्त्री हुनुहुन्छ । भारतले नेपालको सार्वभौमिकता र अखण्डतामाथि ठाडो हस्तक्षेप गर्ने अधिकार कस्ले दियो तपाईलाई रु नेपाली भूभाग खोस्ने दुसहास गर्ने आट कहाँ बाट आयो तपाईलाई रु कालापानीमा , लिम्पियाधुराबाट, लिपुलेख जस्ता नेपालका धेरै सीमाहरु सरिसकेका छन् । भारतले आफ्नो बनाई सकेको छ । तपाईको भारत बिरुद्ध नेपालका चोक चोक तात्न सुरु भईसकेको छ । नेपालीले चेतावनी दिएका छौ ।

गो व्याक टु इन्डिया’ बर्षौ देखि नेपाल माथी हेपहा प्रबृति राख्दै आएको तपाईको देश भारतले फेरि अर्को यत्रो आट गर्नु नेपालीको लागि सहन सक्ने बिषय होइन । अव त मोदी ज्यू भारतले हद पार गरिसकेको छ । भन्न त मोदी ज्यू नेपाली र भारत रोटीबेटिको सम्बन्ध हो भन्ने तपाईका ति मुखहरु आज भारतको भूमि हस्तक्षेपमा लिप्त बन्दै गएको छ ।

बाहिँर सम्बन्ध राम्रो देखाएर नेपाललाई आफ्नो हातमा लिने दाउ फिर्ता लिनुहोस । प्रधानमन्त्री मोदी ज्यू तपाई यो नभुल्नुहोस नेपाल बिर गोरखालीको देश हो । आई लाग्ने माथि जाहीँ लाग्न तयार छौ । यो सोच्नुहोस सिमा क्षेत्रमा खटिएका बिर गोरखालीहरुले आफ्नो देशको सीमा मिच्दा आखा चिम्लिएर बस्ने छैनन् ।

लेखक : खगेन्द्र घिमिरे (संचारकर्मी झापा)

हामी हाम्रो सिमा च्यात्तिदा अत्यन्तै पिडा अनुभूति गर्छौ तर यहाँको दुइ तिहाई सत्ता आफ्नो देश र जनताको हितको अलावा आफ्नै रहर र कृत्रिम वस्तुहरुमा मरिहत्ते गर्दछन, बच्चाले खेलौनाको रहर गरे जस्तो विलासिताको रहर । यहाँ जनतालाई ढाडमा दाल दलेर रगत पिउने रक्तपिपासुहरुको राज्य जसले सिमा मिचिएकोमा विरोध नगर्नु, पृथ्वीनारायण शाहको अपमान गर्नु कै पराकाष्टा हो । यसैको फाईदा मोदी ज्यू तपाईले लुट्दै गएको हो रु

नेपालका सीमाहरुको हस्तक्षेप र सिमा छेउछाउ बसेका नेपाली नागरिक उज्यालो हुदा भारतीय हुनुपरेको पीडा छ । अब पनि जनता जागरुक भएनौ भने भारतको भूमिमा नेपाल गाभिने दिन खासै टाढा छैन, सत्तापिपासुहरुलाई देशको कुनै माया नै छैन ।

साच्चिकै राष्ट्रबादी मान्छे यो देशको सरकारको प्रमुख हो भने बेचिएका महाकालीहरु फिर्ता गराउने साहस गराउनु पर्छ, साच्चिकै मिचिएको हो भने सीमास्तम्भ र जंगे पिल्लारहरु यथास्थानमा खडा गर्न सक्नुपर्छ , साच्चिकै सरकार नेपाल सरकार हो भने देश र जनताका निमित्त सदैव समर्पित हुन सक्नुपर्छ । यी मोदीको यो आटलाई पछि पार्न सक्नुपर्छ नत्र भने हामी नेपाली भारतको भूमिमा पुग्नुपर्ने दिन धेरै पर नहोला ।

Leave a Reply

Your email address will not be published.