झापा, कात्तिक २३ । रोट्रयाक क्लब अफ विर्तामोडले देउसीबाट संकलित रकमले विर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयका ५० जना विधार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि रोटरी क्लब अफ विर्तामोडकी अध्यक्ष निकिता गिरीले शैक्षिक सामाग्रीहरू निशुल्क पाएपछि यसले पढाईमा प्रोत्साहन मिल्ने,विपन्न परिवारका विधार्थीहरूलाई अलिकति भएपनि सहयोग पुग्ने र आगामी दिनमा पनि यसै विद्यालयलाई लक्षित गरेर अन्य कार्यक्रमको लागि पहल गर्ने बताइन् ।

बिद्यालय आउने धेरै विधार्थी विपन्न परिवारको भएको र अहिलेसम्म सरकारी तवरबाट पनि खासै सुविधा नपाएकाले यो शैक्षिक सामाग्री वितरणले विधार्थीलाई फाइदा पुगेको र विधालयलाई थप हौसला मिलेको बिद्यालयका प्रधानाध्यापक नरेन्द्र गुरूड्ंले बताए ।
रोटरी क्लब विर्तामोडको सहयोग र ओली एण्ड एसोसिएट्सको सहकार्यमा सम्पन्न कार्यक्रममा रोटरी प्रेसिडेन्ट इलेक्ट रोटरियन निर्मल भट्टराई, रोटरियन् सन्जीव घिमिरे, रोट्रयाक पास्ट प्रेसिडेन्ट विकास वस्नेत, बसन्त बुढाथोकी, भविभावकहरू र क्लबका सदस्यहरूको उपस्थिति थियो ।
क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बसन्त बुढाथोकी र सञ्चालन क्लबकी सदस्य भुमिका सुब्बा फियाकले गरेकी थिईन् ।

