झापा, मंसिर २१ । नेपाल थामी समाज जिल्ला कार्य समितिले थामी किरातीहरुको महान् पर्व उधौली भुमेदेवा पवको सन्दर्भ पारेर बृह्त सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मेचीनगर– ८ प्रतिभा टोलस्थित नेपाल थामी समाज सामुदायिक भवन परिसरमा मंसिर २६ गते बिहिबारका दिन गुरु आपा दवरा झाक्रि मुन्दुमबाट भुमेदेवा पुजा सम्पन्न गरी थामी जातीको झाकी सहित राष्टिय तथा स्थानिय कलाकारहको बेजोड प्रस्तुतीका साथ बृह्त सास्कृतिक कार्यक्रक आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
थामी समुदायको लोप हुन लागेको कला, संस्कृति रीतिरीवाजको जगेर्ना गर्दै युवा पुस्तामा आफ्नो कला संस्कृति प्रती उत्तरदायी बनाउने उद्देश्यले आयोजित उधौली भुमेदेवा पुजामा थामी किरातीसमुदायको साँस्कृति पहिचान झल्किने भेषभुषा, खानपिन घरायसी सामाग्रीहरु प्रदर्शनीमा राखिने आयोजक नेपाल थामी समाज जिल्ला कार्य समितिका अध्यक्ष लालबहादुर थामीले जानकारी दिनुभयो ।
बृह्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त थामीकलाकारहरु सेरा थामी, शिखर थामी, सलीना थामी, पहल थामीलगायत स्थानिय कलाकार गम्भिरध्वज थापा, रोशा फुयाल, माइकल थामी, प्रेम लिम्बु, कबु थामी, रुपेश पोख्रेल, रिना थामी, सुस्मिता तामाङ, अशोक थामी, पुजा थामी, सुगबिर थामीसहितका कलाकारहरुले प्रस्तुती दिने छन् । कार्यक्रम सम्पन्न गर्न करीव १ लाख रुपैयाँ बढी खर्च अनुमान गरिएको र उक्त रकम दाताहरुबाट संकलन गरिने बताइएको छ ।

