संघ \संस्था

मेचीनगरमा सिलाई कटाई तालिम सुरु

झापा, पुष ८ । मेचीनगर–८ मा सिलाई कटाई तालिम सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर प्रमुख बिमल आचार्यले गर्नु भएको छ ।

प्रमुख अतिथि आचार्यले सिलाई कटाई सम्बन्धी तालिम वडाका महिलाहरु दक्ष बन्ने अवसर रहेको भन्दै तालिममा सहभागी सबैले यसबाट लाभ लिदै आत्मानिर्भर बन्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेती, वडा सदस्य खिला ,मेचे बिष्णु बराईली, नेकपा वडा अध्यक्ष कुन्दन निरौला, नेपाली कांग्रेस वडा सभापती गीरिराज धमला, पवन मेचे, आदर्श माध्यमीक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन पोख्रेल, मेची विद्योदय प्राथामीक विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर थामी, साझा मनोरञ्जन संस्था मेचीनगर अध्यक्ष बिष्णु भट्टराई, गौबिन्द ओलि, चित्र धिमाललगायतको आतिथ्यता थियो ।

मेचीनगर नगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालन भएको तालिम ६ महिना सम्म सञ्चालन हुने छ । तालिममा वडाका ४० जना महिलाहरुले प्रशिक्षण लिने छन् । उनिहरुलाई कृष्ण तिखत्रीले सिलाई कटाई सम्बन्धी प्रशिक्षण दिने छन् ।

मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालको अध्यक्षतामा आयोजाना भएको उद्घाटन कार्यक्रममा वडा सदस्य सन्तोष मेचेले स्वागत र वडा सदस्य गंगा पाठकले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.