स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर अस्पताल झापामा सेवा सुरु

झापा, पुष १६ । क्यान्सरको उपचार गर्नुपर्ने परिस्थितीलाई सहज बनाउने उदेश्यल झापाको बिर्तामोडमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालवाट सेवा सुचारु गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई ।

झापाको मुख्य सहरकै रुपमा स्थापित बिर्तामोडमा ५ बर्ष अघिदेखि संचालनमा आएको वीएण्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रदेश नं.१ मै क्यान्सरको उपचार सुरु भएको यो पहिलो अस्पताल हो । सामान्य परिवारका एक युवाको ठूलो आन्द्राको क्यान्सर निशुल्क रेडियसन थेरापी दिएर अस्पतालमा उपचार-सेवा सुभारम्भ गरिएको छ । सेवा पाउने २९ वर्षका पदम मिश्र रहेका छन ।

पूर्व क्षेत्रका क्यान्सरका बिरामीलाई उपचार गर्न काठमाडौं, चितवन र भारतको विभिन्न सहरमा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । आफ्नो जीवनमा आई परेको क्यान्सर रोग र विदेशमा उपचारका लागि पुग्नु पर्दाको असजिला समस्यलाई सामान्य परिवारका मानिसले सेवा नलिएर नै मर्नु पर्ने पिडादायी अवस्थाले आफूलाई क्यान्सर अस्पताल खोल्न प्रेरणा मिलेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताएका छन ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विरेन्द्रकुमार यादवले पूर्वाञ्चल क्यान्सर अस्पताल आफ्नो पनि सपना भएको बताए । लामो समय भारतको मेदान्ता अस्पतालमा काम गरेका उनले प्रत्येक तीन जनामध्ये एक जना नेपाली क्यान्सरको बिरामी भएको अनुभव सुनाए।

क्यान्सर रोग विशेषज्ञ मेडिकल डाइरेक्टर डाक्टर विरेन्द्रकुमार यादव लागायतको टिम रेडियसन थेरापी गर्दै ।

अस्पतालमा रेडियो थेरापी मेसिन, पेट स्क्यान, थ्रिडी मेमोग्राम मेसिन लगायतका अत्याधुनिक मेसिनबाट सेवा उपलब्ध गराइने छ। अर्थोपेडिक सर्जन डा निराजनप्रसाद पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताए। अब काठमाडौबाहिर पनि क्यान्सरको उपचार सम्भव भएको उनको भनाइ थियो।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा गाईनोअंकोलोजिष्ट डा गेहनाथ बरालले अब क्यान्सरको पूरै उपचार गर्न जनशक्ति, उपकरणयुक्त भएको बताए। करिब चार अर्बको लगानीमा अस्पताल निर्माण भएको अस्पतालका प्रवक्ता प्रमिस गिरीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published.