समाचार

सभामुख चयनका लागि माघ १२ मा निर्वाचन हुने

काठमाडौं, माघ ६ । नयाँ सभामुख चयनका लागि आगामी माघ १२ मा निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकको अध्यक्षता गर्दै ज्येष्ठ सदस्य महन्थ ठाकुरले यसको घोषणा गरेका हुन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि राजपा अध्यक्ष मण्डलका नेता समेत रहेका सदस्य ठाकुरले बैठक सञ्चालन गरेका हुन् ।