कला

बाहुनडाँगी महोत्सव: अाज लाहुरे र हर्के हवल्दारको टिम अाउने

झापा,फागुन २१। मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ ।

महोत्सवको पाँचौँ दिन बुधवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार लाहुरे र चर्चित हास्य टेलिश्रृखला हर्के हवल्दारको टिम साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए ।

महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेको महोत्सव अायोजक समितिका संयोजक प्रविण भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.