नरेन इलामेली इलाम, फागुन २१ । मछिन्द्र क्लब काठमाण्डौ इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न पहिलो सेमीफाइनल भारतीय टीम एमएफसी दार्जिलिङ्गलाई ३–० गोल अन्तरले पराजित मछिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । खेलको १९ औँ मिनेटमा मच्छिन्द्रले अग्रता लिएको थियो । Read More…
Day: March 4, 2020
नयाँ बसपार्कबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
झापा, फागुन २१ । इलाका प्रहरी कार्यालय अनारमनीले आज ३५ ग्राम ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । अर्जुनधारा –११ नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए । विशेष सूचनाको आधारमा बिर्तामोड प्रहरीले होटलमा छापा हानेर ३५ ग्राम ब्राउन सुगर सहित ६ थान मोवाइल र Read More…
अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु
झापा, फागुन २१ । नाइट चेस क्लवको आयोजनामा पि.वि. थापा मेमोरियल अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता झापाको काकरभिट्टामा सुरु भएको छ । वुधवार सम्पन्न पहिलो र दोस्रो चरणको खेलमा नेपालका शिर्षस्थानका खेलाडीहरु पुर्व नेपाल च्याम्पियन सुरविर लामा ,नविन तण्डुकार, सुमित पन्त, प्रकाश नेपाल,हरिचन्द्र चम्लागाई र सुमन श्रेष्ठले दुवै खेलमा सफलता हात पार्दै २ अकं जोड्न सफल भएका Read More…
बाहुनडाँगी महोत्सव: अाज लाहुरे र हर्के हवल्दारको टिम अाउने
झापा,फागुन २१। मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको पाँचौँ दिन बुधवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार लाहुरे र चर्चित हास्य टेलिश्रृखला हर्के हवल्दारको टिम साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले जानकारी दिए । महोत्सवमा ग्रामिण Read More…
टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु, विराटनगर–विराटचोक सडक तनाव ग्रस्त
विराटनगर, फागुन २१ । टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि विराटनगर–विराटचोक सडक खण्डमा तनाव सिर्जना भएको छ । मंगलबार राति साढे ९ बजे विराटनगर– १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुई जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । विराटचोक–घिनाघाट सडकखण्डमा विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरको ठक्करबाट ४५ Read More…
नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित
काठमाडौं, फागुन २१ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित भएको छ । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५ ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि कुशल मल्लले २७, पवन सरार्फले ३६ र पारस खड्काले ९ रन बनाए ।जितसँगै नेपालले कीर्तिमान समेत बनाएकाे छ । Read More…
बाहुनडाँगी महोत्सव: पुष्पन संगै झुमे मेचीनगरवासी (भिडियो सहित)
झापा,फागुन २१ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । महोत्सवको चौथो दिन मंगलवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार पुष्पन प्रधानले आफ्नो सुपरहिट गीत पैसा होईन पासो छ परदेशमा, पन्छी उडेर जाउ, बाबुको जुंगोलगायतका गीत गाँउदै दर्शकलाई भावुक बनाएका थिए । साथै दर्शकमाझ महोत्सव परिसर Read More…







