खेलकुद

मछिन्द्र माइभ्याली गोल्डकपको फाइनलमा

नरेन इलामेली
इलाम, फागुन २१ ।
मछिन्द्र क्लब काठमाण्डौ इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सम्पन्न पहिलो सेमीफाइनल भारतीय टीम एमएफसी दार्जिलिङ्गलाई ३–० गोल अन्तरले पराजित मछिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

खेलको १९ औँ मिनेटमा मच्छिन्द्रले अग्रता लिएको थियो । खेलको १९ औँ मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । खेलको २१ औँ पुनः मच्छिन्द्रका अडेलाजा सोमेडेले दाश्रो गोल गर्दै खेलमा थप अग्रता दिलाए ।

पहिलो हाफ २—० गोलको अग्रता लिएको मच्छिन्द्रले दाश्रो हाफमा फेरी अर्को गोल थ्प्यो । खेलको ८७ औँ मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाले व्यक्तिगत दोश्रो गोल गर्दै टीमलाई ३–० स्पष्ट जित सहित फाइनल सम्मको यात्रा दिलाए । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ्ग घोषित हुँदै नगद १० हजार रुपैँया प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहीबार आयोजक माइभ्याली फूटबल क्लब इलाम र त्रिभूवन आर्मी क्लब काठमाण्डौ बीच दोश्रो सेमीफाइनल खेलमा प्रतिस्पर्धा हुनेछ ।

फागुन २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले नगद पाँचलाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published.