कला भिडियाे

बाहुनडाँगी महोत्सव: पुष्पन संगै झुमे मेचीनगरवासी (भिडियो सहित)

झापा,फागुन २१ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ ।

महोत्सवको चौथो दिन मंगलवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार पुष्पन प्रधानले आफ्नो सुपरहिट गीत पैसा होईन पासो छ परदेशमा, पन्छी उडेर जाउ, बाबुको जुंगोलगायतका गीत गाँउदै दर्शकलाई भावुक बनाएका थिए ।

साथै दर्शकमाझ महोत्सव परिसर सबै घुम्न भ्याएका उनले आधा दर्जन जति गीतमा बाहुण्डाँगीवासीलाई कम्मर मर्काइ मकाई नचाए । महोत्सवमा विकल्प ब्याण्डसंगै स्थानिय कलाकारहरूले पनि अाफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रम भूमिका सुब्बाले सञ्चालन गरेकी थिईन् ।

महोत्सवको चौथो दिन पानी हलुका पर्न खोजे पनि मेचीनगर संगै भारतको नक्सलबाडीलगायतका क्षेत्रबाट मानिसहरुको उत्साह जनक उपस्थिति रहेको महोत्सव संयोजक प्रविण भण्डारीले बताए ।

महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेको बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले बताए ।

Leave a Reply

Your email address will not be published.