खेलकुद

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

काठमाडौं, फागुन २१ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित भएको छ ।

थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५ ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे । नेपालका लागि कुशल मल्लले २७, पवन सरार्फले ३६ र पारस खड्काले ९ रन बनाए ।जितसँगै नेपालले कीर्तिमान समेत बनाएकाे छ ।

नेपालले टी-२० क्रिकेटमा सबैभन्दा कम बलमा हात पारेको जित हो । यसअघि बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितरे पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रन बनाएको थियो ।

उसका लागि हिनोन जोर्डानले १३ र नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ३ विकेट, अविनाश बोहोराले दुई विकेट तथा भुवन कार्की र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

यसअघि खेलेका दुई खेल हारेकाे नेपाल एसिया कपमा छनाेट हुने वा नहुने आजै हुने हङकङ र सिंगापुरको खेलको नतिजाले तय गर्नेछ |

हङकङले सिंगापुरलाई हराए नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहनेछ भने सिंगापुरले जिते सम्भावना सकिने छ ।

नेपाल पहिलाे खेलमा मलेसियासँग र दोस्रो खेलमा हङकङसँग हारेकाे नेपालले अब सिंगापुरसँग मात्र खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published.