शिक्षा

गाउँपालिकाद्वारा एसइईका परीक्षार्थीलाई घरघर पुर्‍याउन सुरु

स्याङ्जा, चैत ६ । जिल्लाको फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्‍यादिन शुरु गरेको छ ।

यसका लागि सो गाउँपालिकाले आज बिहानदेखि निःशुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्‍याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोभिड–१९ को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पुर्‍याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।

यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।

Leave a Reply

Your email address will not be published.